News Portal

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा पनि ठुलो झटका

जनगर्जन संवाददाता२०८१ पौष २३
९३ पटक

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार तिब्बतलाई केन्द्र बिन्दु बनाएर ७ रेक्टर स्केलको भुकम्प गएको हो । त्यसको झटका नेपाल, भुटान, भारत, बंगलादेश, चीन लगायतका देशमा धक्का महसुस गरिएको बताइएको छ !! नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्