News Portal

बाजुरामा भूकम्प, घरबाहिर निस्किए सबै मानिसहरू

जनगर्जन संवाददाता२०८१ पौष ६
१०० पटक

काठमाडौ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ । भूकम्प गएपछि मानिसहरू सबै डरले घर बाहिर निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिएका छन ।

भूकम्पले मानवीय क्षति भएको जानकारी नआएको हुँदा
यति उति भन्न नसकिने वडाध्यक्ष जानकारी गराएका छन ।
‘भूकम्प आएपछि मानिसहरू सबै डरले घरबाहिर निस्केका थिए। केही घरहरू चर्किएको र भत्किएको भन्ने खबर आएपछि हामी त्यतै जाँदैछौं,’ उनले भने। भूकम्पकै कारण सञ्चार सम्पर्क टुटेको पनि उनले बताए।

फोनमा नेटवर्क छैन। त्यसले सबैतिरको अवस्थाका बारेमा जानकारी लिन अप्ठ्यारो भइरहेको छ। जानकारी पाएका ठाउँहरूमा मानवीय क्षति भएको भन्ने आएको छैन,’ वडाध्यक्ष सार्कीले भने।

प्रतिकृया दिनुहोस्