News Portal

  • दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

    जनगर्जन संवाददाता२०८१ मंसिर २३
    २७ पटक

    काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचल गरेको आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नी विरुद्ध पनि पक्राउ पुर्जी आएको छ । पत्नी सविना आले मगरलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक जना उच्च अधिकृतले संचार माध्यमलाई जानकारी दिएको छ ।

    दीपेश पुन माओवादी (केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध रहेकी थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

    स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका व्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस्