पत्रकारिता मानिसको सबैभन्दा ठूलो इमान्दारि पेशा हो। पत्रकारिताले सत्य उजागर गर्छ, सत्य लेख्छ, सत्य बोल्छ पत्रकारको आखामा सधै सत्यता झल्कीरहन्छ र सत्य बोल्न नसक्नेहरु बोली मुखारित गर्छ र गर्नुपर्छ पनि । पत्रकारिता एक स्वच्छ पेशा हो, चाकडी अनि कसैको चाप्लुसीमा चल्दैन ,गुलियोको लोभमा पर्दैन र अध्यारोमा हुने दुई नम्बरी कारोबारको भण्डाफोर गर्दछ । सत्तालाई निरन्तर रुपमा खवरदारी गर्नु पत्रकारिताको खास विशेषता हो। पत्रकारितालाई राज्यले चौथो अंगको रुपमा मानेको हो, त्यसैले पत्रकारितालाई राज्यको चौथो अग र (रखवारी कुकुर) को संज्ञा दिइएको छ ।पत्रकारिता पवित्र पेशा हो पत्रकारिता पुजा हो, निष्ठा हो पत्रकारिता आचरण हो। पत्रकारिताले कानुनले बर्जित गरेको मात्रै नभई नैतिकताको सिमारेखा पनि मिच्दैन। नेपालको पत्रकारिताको इतिहास धेरै लामो छैन तर लोकतन्त्रको प्रक्षमा यसले निभाएको भुमिका धेरै लामो छ । लोकतन्त्रको लागि पत्रकारहरुले जेल नेल खाएका छन त कतिले आफनो ज्यानको आहुति समेत दिएका छन । राजनितिक दलहरुलाई खवरदारी गर्दै लोकतन्त्रको पक्षमा उभ्याएका छन । यो गर्विलो इतिहासलाइ वर्तमानको पत्रकारिताले भने न्याय गर्न सकिरहेको छैन।
पत्रकारिता, आफैमा मर्यादित र निष्पक्ष पेशा हो तर अहिले वर्तमान परिस्थितिमा यो मर्यादित र निष्पक्ष हुन सकेको छैन। पत्रकारिताको आवरणमा बढेको व्यक्तिगत पत्रकारिता वा कम्पनि को रुपमा दर्ता गरि दलालीले यो पेशा बद्नाम बनेको छ । पत्रकारको आडमा गलत धन्दा चलाउनेहरुको, विगविगि छ । यो एउटा विसंगतिको बाटो बनेको छ र राजनितिक संरक्षणको आडमा पैसावालाहरुको अखडामा परिणत भएको छ अहिलेको पत्रकारिता। सच्चा इमान्दारि पत्रकारहरुले विश्वास र इमान मात्र गुमाएका छैनन बेइनामी पनि कमाएका छन । राज्यको चौथो अगबाट स्खलित पत्रकारिता राज्यको वेवास्ता र आफैभित्रको गलत प्रवृतिको कारण यो पेशा नै धरापमा परेको छ ।
अहिलेको अवस्थामा पत्रकारिता विशुद्ध हुनु सकिरहेको छैन । पत्रकारिता अहिले केहि व्यत्तिहरुको गलत धन्दा गर्ने माध्यम बनिरहदा इमान्दारहरुले पनि बदनामी कमाएका छन । असली पत्रकारहरु रोजिरोटिको लागि आफनो पेशामा भौतारिरहदा सत्ता र सदन रिझाउनेहरुले अकूत सम्पति कमाएका छन । राजनितिको आडमा पत्रकारिताको खोल ओढेर पत्रकारिताको पेशालाई धमिलाई रहेका छन । उनीहरुले पत्रकारिताको आवरणमा पत्रकारकै पनि शोषण गरेका छन । यो प्रवृत्तिविरुद्ध पत्रकार स्वयंले आवाज उठाउदै आए पनि सम्बन्धित संघ सस्थाको भुमिका भने, सन्देहपूर्ण रहेको छ । पत्रकारको नाममा खोलिएको दलिय संगठन र साझा भनिएका पत्रकार महासङ्घमा व्यापारी ठेकेदार बाह्यय व्यक्ति तथा विचौलियाहरु हाबी हुँदा अहिले यो अवस्था आएको हो । अरुको दुखलाई आफ्नै दुख सम्झेर खोज पत्रकारिता गर्ने अर्काको पिडाको समाचार बनाउने पत्रकारहरु अहिले आफै पिडित पछि के होला पत्रकारिताको भविष्य ? अनि ति पत्रकारहरुले कसरी सत्यतथ्य समाचार पस्केलान?
पत्रकारितामा राम्रा मान्छेहरुको कहिले कसरी प्रवेश होला र यसलाइ कसले मुल पेशा बनाउलान? हामी सबैको यही प्रश्न हो ।
पत्रकारिता मर्यादित भए पेशा सुरक्षित हुन्छ भन्ने बुझेर सत्ताको चाकडी गर्ने, विचौलिया र मौका पर्नासाथ रुप फेर्नेहरुको नेत्तृत्वमा जानबाट रोक्नुपर्छ । पत्रकारिता लोकतन्त्रको रक्षक हो । पत्रकारितामा समस्या छन तर पनि लोकतन्त्रमा मात्रै पत्रकारिता फस्टाउछ । लोकतन्त्र मास्नेहरुको विरुद्ध उभिने बेला यहि हो, कलमलाई हतियार बनाउने बेला यही हो ।उनीहरुको विरुद्ध उभिऔ न्यायको पक्षमा लडौ। बेलालाइ सदुपयोग गरौ । बेलालाई सदुपयोग गर्न नसके फेरि पनि पछुताउनु पर्छ ।