News Portal

  • फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछी म आफै अदालतमा उपस्थित हुनेछु:- दीपक मनाङे

    जनगर्जन संवाददाता२०८१ कार्तिक २३
    ११५ पटक

    पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछी आफै अदालतमा उपस्थित हुने बताएका छन ।

    सन्चार माध्यममा आएपछी शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।

    केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।

    उनले भनेका छन, सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चार माध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गर्दै उनले भनेका छन् – ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ ।’

    उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्