News Portal

  • रविलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

    जनगर्जन संवाददाता२०८१ कार्तिक ४
    ४९ पटक

    काठमाडौ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति दिएको छ।

    कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतसँग अनुमति माग गरेको थियो।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्व उप-प्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

    संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरिएको थियो।

    प्रतिकृया दिनुहोस्