भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा देखि काठमाडौ र काठमाडौ देखि भैरहवा सम्म उडान भर्नुपर्ने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडान ४ घण्टासम्म पनि उडान लिन सकेका छैनन ।
बिहान ११.२० को BHA -853 बुद्ध एयर र बिहान १०.३० को NYT-873 यति एयरलाईन्स र १२.४५ को SHA-825 को श्री एयरलाइन्सको जहाज अहिलेसम्म दुबै तर्फबाट उडन सकेका छैनन । मौसम अनुकुल भएपनी जहाज के कति कारणले उडन सकेन त्यो कारण भने अहिलेसम्म खुल्न/ खुलाउन यहाँको व्यबस्थापन टिमले सकेको छैन भने यात्रुहरु अहिलेसम्म जहाजमै रहेको उनिहरुको आफन्तले जनगर्जन टिमलाई जानकारी गराएको छ ।
हामिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा जिएम प्रताप बाबू तिवारी संग कुरा गर्न खोज्दा उहाँले यो विषयमा खासै चासो नदिईकन ठाडो रुपमा केही समयमा आउँछ भनेर कारण खुलाउन मानेनन् ।
अहिले यहाँ प्रस्थान कक्ष यात्रुले भरिभराउ छ भने आगमन कक्ष सुनसान रहेको छ । यो विषयमा प्रशाशन पक्ष मौन रहेको छ यसको आधिकारिक जानकारी दिने निकाय कुन हो त?
अहिलेसम्म पोखरा काठमाडौ बाट भैरहवा आउने ११ वटा जहाज Delay भएका छन।