News Portal

  • झ्याप्ले खोला पहिरो अपडेट: अहिलेसम्म मृतकको संख्या २८,आफन्तहरु घटनास्थलमा आउने क्रम जारी,

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    ८८ पटक

    काठमाडौ । धादिङको धुनिवेसी नगरपालिका वडा न.९ स्थित झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त घटनास्थलमा आउने क्रम जारी छ । मृतक व्यक्तिका ११ जना आफन्त अहिलेसम्म घटनास्थल आइपुगेका हुन् ।

    गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।

    अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।

    घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।

    पहिरोमा पुरिएको बस तथा शबको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।

    शनिबार गएको सो स्थानको पहिरो पन्छ्याउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आउनेजाने यातायात ठप्प रहेको छ ।

    प्रतिकृया दिनुहोस्