News Portal

  • चिप्लियो बुद्ध एयरको जहाज धावनमार्गमा

    जनगर्जन २०८१ आषाढ २९
    १२९ पटक

    काठमाडौ । भैरहवा गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्व एयरको जहाज चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको थियो ।

    रुपन्देहीका प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार बुद्ध एयरको उडान नम्बर ८०५ बाट काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा चिप्लिएको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । भट्टका अनुसार जहाजमा चालक दलका सदस्य सहित ५९ यात्रु सवार थिए ।

    जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको भट्टले जानकारी दिए । राती नै बुद्व एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने प्रयास गरिए पनि त्यो सफल भएको थिएन । अहिले काठमाण्डौबाट बुद्व एयरको प्राविधिक टिम भैरहवा तर्फ आउने क्रम रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्