News Portal

  • बागलुङ तितौरेमा पहिरोले घर पुरिदा एक जानको मृत्यु

    दिनेश विकल्प२०८१ आषाढ २८
    २०८ पटक

    बागलुङ । बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक जानको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

    घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो ।

    विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको उहाँको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो – “उहाँ घरमा एक्लै बस्दै आउनु भएको थियो, राति ठूलो पानी प¥यो, घरमाथिबाट एक्कासी पहिरो झर्दा पुरिनु भएछ, विहान छिमेकीले थाहा पाएपछि बल्ल हामीले जानकारी पायौँ, अहिले प्रहरीसहित हामीहरु जाँदै छौँ, रातको समयमा हुँदा पहिरोले पु¥यो, उहाँको घर वरपर खास्सै बस्ती छैन, तत्कालै उद्धारसमेत हुन पाएन ।”

    प्रतिकृया दिनुहोस्