News Portal

बैज्ञानिक समाजवादका लागि सामना जनसङ्गित अभियान

जनगर्जन संवाददाता
२४४ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ अन्तर्गत केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ । उक्त अभियानको उद्घाटन शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला सि तथा महासंघ कै महासचिव कुसल सिले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा गरेका थिए ।
उक्त जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरु हुने भएको छ । अभियान सामना जनसंगित अभियान
मध्य पहाडी राजमार्ग हुने कार्यक्रम हरु
१️ .नुवाकोट (२७-२८)
२.धादिङ (२९-३०-१)
३.चितवन (२)
४.तनहु (३-४)
५.कास्की ( ५-६)
६. पर्वत (७)
७.वाग्लुङ्ग (८-९-१०)
८. पुर्व रुकुम (११-१२)
९.पश्चिम् रुकुम (१३-१४)
१०.जाजरकोट (१५-१६)
११.दैलेख (१७-१८)
१२.अछाम (१९-२०)
१३.डोटी (२१-२२)
१४.डडेल्धुरा (२३-२४)
१५.बैतडी ( २५-२६):
टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोह सि गर्ने छन् । अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।

प्रतिकृया दिनुहोस्