News Portal

मनसुनी सक्रियता: आज देशभर बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

जनगर्जन संवाददाताअसार १५, २०८२
४२ पटक

काठमाडौं, असार १५ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिँदैछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । ती चार प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमविद्हरूका अनुसार आज रातिसम्म पनि मौसम सामान्यदेखि पूर्ण बदलीकै अवस्थामा रहनेछ ।

महाशाखाले पहाडी तथा नदी आसपासका बासिन्दालाई बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । यात्रा तथा बाहिरी गतिविधिका क्रममा आवश्यक सावधानी अपनाउन समेत सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस्