News Portal

आज देशभर आंशिक बदलीदेखि वर्षासम्मको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

जनगर्जन संवाददाता२०८१ चैत्र ३०
१८७ पटक

३० चैत, काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मुख्यतः सफा मौसम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ।

शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हालसम्म देखिएको तुवाँलो क्रमिक रूपमा कम हुँदै जानेछ। महाशाखाले मौसमजन्य प्रभावले स्वास्थ्य, जनजीवन, कृषि, यातायात आदि क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्