News Portal

अन्नपूर्णमा हिउँपहिरो परि दुई बेपत्ता, उद्धार प्रयास जारी

जनगर्जन संवाददाता२०८१ चैत्र २५
२११ पटक

म्याग्दी । म्याग्दी जिल्लास्थित अन्नपूर्ण हिमालमा आइतबार बिहान हिउँपहिरो जाँदा दुई जना बेपत्ता भएका छन्। क्याम्प २ र ३ को बीचमा आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सम्पर्कविहीन भएका हुन्।

सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाका अनुसार आधार शिविरमा रहेका अन्य शेर्पाहरू अहिले हराइरहेका दुईको खोजीमा जुटिरहेका छन्। साथै, काठमाडौँबाट उद्धार टोलीलाई हेलिकप्टरमार्फत पठाइएको जानकारी पनि उनले दिएका छन्।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको आरोहण सिजनका लागि अन्नपूर्ण हिमाल चढ्न चार समूहबाट ३० जना पुरुष र १२ जना महिलाले अनुमति लिएका छन्। उच्च जोखिम र चुनौतीबीच पनि साहसिक यात्रामा निस्केका पर्वतारोही र गाइडहरूका लागि तत्काल उद्धार र सुरक्षा उपायहरू सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्