News Portal

हिंसात्मक आन्दोलन आरोपमा रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

जनगर्जन संवाददाता२०८१ चैत्र १५
१९६ पटक

काठमाडौं – तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी परिसरका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर टेकुस्थित हिरासतमा राखेको छ।

यसैबीच,ती प्रहरी अधिकारीका अनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ।

प्रतिकृया दिनुहोस्