News Portal

अनेमसंघ क्रान्तिकारीले “महिला सुरक्षाका चुनौती र समाधान” विषयक अन्तरक्रिया गर्ने

जनगर्जन संवाददाता२०८१ आश्विन १२
१७७ पटक

काठमाडौँ – अखिल नेपाल महिला संघ क्रान्तीकारी केन्द्रिय समितिको आयोजनामा ‘महिला सुरक्षाका चुनौती र समाधान’ विषयक अन्तरक्रिया गर्ने भएको छ।

कार्यक्रम आईतवार काठमाडौँस्थित राष्ट्रिय महिला आयोगको सभा हल भद्रकाली प्लाजामा अहिलेको देशको परिवेश अनि राज्यले महिलालाई गर्ने व्यबहार तथा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई कसरी समाधान गर्ने र यसका लागि राज्यले कस्तो प्राबधान ल्याउने त त्यसका लागे महिलाको भुमिका कस्तो रहने भन्ने विषयमा अन्तरक्रिया गर्ने भएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तीकारी केन्द्रिय समितिको अनुसार मद्यान्ह १२ बजेबाट सुरु हुने अन्तरक्रिया कार्यक्रममा नेकपाका महासचिव विप्लव सी,नेकपा एमाले बिन्दा पाण्डे ,नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ ,ने.का. महिला बिभाग प्रमुख पम्फा भुसाल,वरिष्ठ अधिवक्ता एकराज भण्डारी ,अन्तर्राष्ट्रिय श्रम विज्ञ प्रकाश शर्मा,राष्ट्रिय महिला आयोग,सुरक्षा निकाया लगायत विभिन्न व्यक्तित्वको उल्लेख्य मात्रामा जनसहभागिता रहने छ।

प्रतिकृया दिनुहोस्