News Portal

  • पक्राउ परे लगत्तै दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    जनगर्जन संवाददाता२०८१ आश्विन ७
    ११३ पटक

    कपिलवस्तु । पछिल्लो चरण धेरै चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले आज झापामा सवारीसाधन जलाएका छन् ।

    आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई काठमाडौ बाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा-छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरी स्रोतले जनाएको छ ।

    कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टा-छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । यो घटना आइतबार राति भएको थियो ।

    सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३-ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।

    प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको दाहालले बताए ।

    प्रतिकृया दिनुहोस्