News Portal

  • युवा संगठन नेपाल बागमती प्रदेशको दोस्रो वैठक सम्पन्न

    जनगर्जन संवाददाता२०८१ भाद्र ३०
    १०३ पटक

    काठमाडौ । युवा संगठन नेपाल बागमती प्रदेशको दोस्रो वैठक आज काठमाडौको गोङगबुमा समपन्न भएको छ ।

    युवा संगठन बागमती प्रदेश इन्चार्ज एव केन्द्रिय सचिव अनिल सीको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं काठमाडौ जिल्ला इन्चार्ज माईला सीको प्रमुख आतिथ्यता तथा अतिथी युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीको रहेको थियो ।

    उक्त बैठकमा काठमाडौ जिल्ला इन्चार्ज माईला सीले अहिलेको दलाल सम्सदिय ब्यबस्था असफल भएका कारण राज्यका सम्पुर्ण अङग हरु असफल हुनु स्वभाविक हो । आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य,न्यायीक र सास्कृतिक कुनै पनि क्षेत्रमा संकट आउनुको मुख्य कारण दलाल पुजीवादी सत्ता भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने दायित्व भएकाले सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प नभएको बताए समस्याको निकास भनेको नेपाली विशेषताको समाजवाद भएको बताए ।

    त्यसै गरि संगठनका अध्यक्ष दिनेश सीले आगामी युवा आन्दोलन, भ्रष्टाचार र विकृती विरुद्ध आवाज उठाउने र त्यसका विरुद्ध सशक्त भएर  लाग्न युवाहरुलाई निर्देशन  दिएका छन ।

    समाजवादी युवा मैत्री संगठन सुदृढीकरण एवं सन्चालन गर्ने, पालिकाहरुको भेला सम्मेलन सम्पन्न गर्ने,  एमसीसी विरुद्ध  संघर्ष गर्ने , चितवन,मकवानपुर ,काठमाडौ ललितपुर भक्तपुर लगायत्का जिल्लाहरुमा राजनीतिक अगुवा युवाहरुको प्रशिक्षण सन्चालन गर्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ

    प्रतिकृया दिनुहोस्