News Portal

  • एमसीसी खारेज नगरे नेपाल फेरि दोस्रो युक्रेन बन्ने छ : देव गुरुङ

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    १८६ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय विभागको आयोजनामा MCC,SSp  र राष्ट्रिय स्वाधीनता  विषयक  अन्तर्कृया कार्यक्रम मङलबार काठमाडौको नेपाल प्रज्ञा  भवन कमलादीमा सम्पन्न भएको छ ।

    नेकपाको महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  अतिथी वक्ताहरुमा माओवादी केन्द्रका महासचिव   देवप्रसाद गुरुङ ,नेकपा ( एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पुर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, भौतिक पुर्वाधार  नीति  विज्ञ डा. सुर्यराज आचार्य , पुर्वप्रमुख सेनानी तथा सुरक्षाविज्ञ वाशुदेव घिमिरे,वरिष्ठ अधिवक्ता एकराज भण्डारीको उपस्थिती रहेको थियो ।

    नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले उक्त कार्यक्रममा बोल्दै अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विपक्षमा उभिन आग्रह गरेका छन् ।

    अमेरिकाको सैन्य रणनीति अन्तर्गत केही राजनीतिक दलले आफ्नो स्वार्थको लागि नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए ।

    ‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने ।

    ‘अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका छैन’, उनले भने, ‘उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ ।’

    प्रतिकृया दिनुहोस्