News Portal

  • नेकपा भोजपुरको बैठक सम्पन्न,मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय

    शेर बहादुर विश्वकर्मा२०८१ भाद्र ५
    ८७ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी भोजपुरले समाजमा अध्ययन, अनुसन्धान र पठनपाठनको संस्कृतिलाई अभिप्रेरित गर्ने उदेश्यले मार्क्सवादी अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।बुधबार सदरमुकामस्थित नेकपाको कार्यालयमा सम्पन्न जिल्ला समिति बैठकले काजी दाहालको नेतृत्वमा अध्ययन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य एवम् भोजपुर इन्चार्ज त्रिलोचन सीले जानकारी दिए।

    केन्द्रिय सदस्य त्रिलोचनका अनुसार बैठकले अघिल्ला निर्णयहरुको कार्यान्वयनको समिक्षा गर्दै आगामी योजनामा संगठनलाई बिस्तार गर्ने,विद्यार्थी र युवा संगठनको अभियान सञ्चालन गरि भ्रष्टाचार, सामाजिक बिकृती बिसङ्गतीको भण्डाफोर गर्ने र शिक्षा , स्वास्थ लगायत स्थानीय बिकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको बताए।

    बैठकमा नेपाल कम्युनिस्ट पार्टीका १ नम्बर प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य दिपेश सीले प्रमुख अतिथिको रूपमा प्रशिक्षण मन्तव्य राख्दै देशमा विद्यमान आर्थिक सामाजिक संकटको प्रमुख कारण अहिलेको सत्ता भएकोले त्यसलाई बदल्न र संकटको निकासका लागि नेपाल कम्युनिस्ट पार्टीले जनताको नेतृत्व गर्ने समय आएको बताए।

    त्यस्तै बैठकमा मन्तव्य राख्दै केन्द्रिय सदस्य त्रिलोचनले देशको आजको अवस्था र समस्याहरुबाट अगाडि बढ्न नेपाली विशेषताको समाजवाद निर्विकल्प भएको भन्दै देशभक्त, समाजवादी, कम्युनिस्ट र सच्चा लोकतन्त्रवादीहरु सहकार्य र एकताबद्ध हुनुपर्ने बताए।

    नेपाल कम्युनिस्ट पार्टी भोजपुरका सचिब तिलक सीले बैठकको अध्यक्षता सहित सञ्चालन गरेका थिए।

    प्रतिकृया दिनुहोस्