News Portal

  • श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

    जनगर्जन संवाददाता२०८१ साउन ३०
    ६७ पटक

    हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    मकवानपुरको कैलाश–५ कालीखोलास्थित काफलडाँडाका २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

    पाख्रिनले साउन २७ गते साँझको समयमा २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी वनमा लगेर गाडेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विवादमा पाख्रिनले श्रीमतीलाई घरभित्र बञ्चरो प्रहार गरी हत्या गरेको पाइएको मकवानपुरका प्रहरी प्रवक्ता ओम पण्डितले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्