News Portal

  • माओवादी नेताकार्यकर्ताका फोहोरमैला धुने जिम्मेवारी पनि पूरा गर्छौ: नेकपाका नेता सविन

    हेमन्त प्रकाश वली २०८१ साउन ३०
    ८३ पटक

    दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले माओवादी नेताकार्यकर्ताका फोहोरमैला धुने जिम्मेवारी पनि आफुहरुले पूरा गर्ने बताउएका छन ।

    मंगलबार टिभी ९ एचडीमा चर्चित पत्रकार सुगम सरोवरसंग भिडियो संवाद गर्दै नेता सविनले उक्त कुरा बताएका छन ।

    माओवादी केन्द्रभित्र बहुसंख्यक नेताकार्यकर्ताहरु इमानदार , क्रान्तिकारी हुनुहुन्छ त्यसमा दुइमत छैन।’,भिडियो संवादमा बोल्दै उनले भनेका छन, ‘माओवादी केन्द्रभित्रका केहिलाई चाहिँ फोहोरमैला लागेको छ त्यो फोहोरमैला धुने जिम्मेवारी पनि पूरा गर्छौं। हामिले उहाँका मैलो भएका कपडाहरुलाई साबुन लगाएर , उहाँहरुका बिग्रेका आचरणहरुलाई क्रान्तिकारी आचरणको भट्टीमा हालेर र उहाँहरुले गरिरहेका खराब क्रियाकलापहरुलाई जनताको बिचमा गएर महसुस गराएर उहाँहरुलाई रुपान्तरण गर्छौ , बदल्छौ र पार्टीलाई राम्रो बनाएर अगाडि बढाउछौँ ।’

    माओवादी आन्दोलनको नेतृत्व गर्न लायक नेता विप्लव हो ।’,भिडियो संवादमा बोल्दै उनले भनेका छन,‘स्वभाविक रुपले पार्टी एकता हुँदा नेतृत्वको प्रश्नपनि महत्त्वपूर्ण हो। कामै नलाग्ने गरि बदनामित भएको छैन तर जनताको नजरमा तपाईंहरुप्रती बिश्वास गुम्दै गइरहेको छ । तपाइँहरुको आचरण , व्यवहार र विभिन्न क्रियाकलापका कारणले जनताको बिस्वास तपाईंहरुप्रती छैन त्यसकारणले नेतृत्वको जिम्मेवारी बाँडफाँड गर्ने बेलापनि निष्कलंक नेतालाई जिम्मेवारी दिनुपर्ने सम्बन्धमा कोहि अन्कनाउनु पर्ने जरुरी छैन् ।

    माओवादी आन्दोलनको एकमात्र नेता , नेतृत्व गर्न लायक नेता , निष्कलंक नेता , देश बनाउने भिजन भएको नेता , क्रान्तिकारी नेता , देशभक्त नेता ,नेपालका निराश मान्छेलाई समाजवादको उज्यालो यात्रामा डोर्याइरहेको नेता विप्लव नै हो । नेपाली जनताहरुले एकपटक माओवादी आन्दोलनको नेतृत्व विप्लवलाई दिनुपर्छ भनिरहेका छन् । अझै जनताले एकपटक नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व विप्लवलाई दिउ भनिरहेका छन् । नेपालका कुनैपनी नेतासंग उर्जा छ भने , देश बनाउने हुटहुटी छ भने विप्लवसंग मात्रै छ ।’

    प्रचण्डले जनयुद्ध र शान्ती प्रक्रियापछि केही कामको जिम्मेवारी गरेपनी पछिल्लो पटक पार्टी र देशलाई नयाँ दिशा प्रदान गर्न उहाँ असक्षम भएको नेता सविनले बताउएका छन ।

    ‘उहाँको असमक्षताको कारणले पार्टीमा बिभाजन आएको हो ,अहिलेपनी माओवादी पार्टीमा विभिन्न किसिमका अन्तरबिरोधहरु सिर्जना भइरहेका छन् नेता सविनले भने ।’

    समाजवादका बारेमा सोच्ने सबैसँग नेकपाले सहकार्य गर्छ ।’,उहाँले भन्नुभयो , ‘सहकार्य एजेन्डा , विचार , आचरण , नयाँ कार्यदिशामा हुने हो । सहकार्य देश र जनताको जीवन बदल्नका लागि हुने हो । कसैको अनुहार हेरेर , मुख हेरेर , बिगतकालमा यति काम गरेको थियो भनेर इतिहास हेरेर मात्रै सहकार्य हुँदैन । त्यसकारण जसले देशको बारेमा सोच्छ , जनताको बारेमा सोच्छ , समाजवादका बारेमा सोच्छ ती सबैसंग हाम्रो सहकार्य हुन्छ ।’

    नेता सविनले नेपाली समाजले माओवादी आन्दोलनबाट जुन अपेक्षा राखेको छ त्यो अपेक्षा पूरा गर्न एकपटक प्रतिबद्धता जाहेर गर्दै आन्दोलनको पुनर्गठन एवम एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन ।

    उनले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाबाट देश र जनताको जीवन समृद्ध नहुने भएकाले पार्टीले यसको विकल्पमा नेपाली बिशेषताको समाजवादका लागि संघर्ष गरिरहेको समेत बताउएका छन।

    प्रतिकृया दिनुहोस्