बुटवल ७ दिपनगर अवस्थित नेपाल सिद्धार्थ महिला तथा बाल अस्पतालको प्रशासनिक भवनको नामाकरण ब्यक्तिको नाममा गर्ने निर्णयको समाजवादी मोर्चाले बिरोध जनाएको छ ।
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै मोर्चाले स्थानीय ब्यबस्थापन समितिका अध्यक्षले एकलौटीरुपमा राजनैतिक दलको ब्यक्तिको नाममा नामाकरण गर्ने गरि गरेको निर्णय प्रती गंभिर आपत्ति जनाएको छ । २०५५ सालमा स्थापना भई २० औं वर्ष संचालनमा रहेको अस्पतालको भवनमा दलीय ब्यक्तिको नाम राख्नु गलत भएको मोर्चाको ठहर छ ।
मोर्चाका संयोजक एवम् नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ्ग र अन्य घटक पार्टीहरु नेकपा माओबादि केन्द्र नगर अध्यक्ष महेन्द्र भुषाल, नेपाल कम्युनिष्ट पार्टी नगर सेक्रेटरी विज्ञान सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा सामाजिक महत्व राख्ने संघ संस्था तथा अस्पतालका भवनहरुमा पार्टीका ब्यक्तिको नामाकरण गर्ने निर्णय सच्याउन माग गरिएको छ । निर्णय नसच्याएमा सशक्त प्रतिवादमा उत्रने समेत मोर्चाले चेतावनि दिएको छ ।
गत साउन १६ गते स्थानीय ब्यबस्थापन समितिको बैठकले बुटवलका पुर्ब मेयर स्वर्गीय सुर्यप्रसाद प्रधानको नाममा प्रशाशनिक भवनको नामाकरण गर्ने निर्णय गरेको थियो ।
यता स्थानीय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगर प्रमुख खेलराज पण्डेलाई सम्पर्क गर्दा उनले आम्दाका अन्तराष्ट्रीय अध्यक्ष सिगेरु सुगानामीको रोहबरमै आम्दा अस्पतालका संस्थापक अध्यक्ष रहेका पुर्व मेयरको सम्मान स्वरुप अस्पतालका थुप्रै भवनहरुमध्ये एउटामा उहाँको नामाकरण गर्ने बिषयलाई अतिरन्जना नगर्न अनुरोध गरेकाछन । उनले भने यो दलीय बिषय नभएर संस्थापकका हैसियतबाट गरिएको पहलकदमीको सम्मान स्वरुप गरिएको निर्णय हो ।
अस्पताल भवनको नामाकरण ब्यक्तिको नाममा गर्नु गलत – समाजवादी मोर्चा
विनोद खनाल, बुटवल२०८१ साउन २६
- नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा पनि ठुलो झटका
- अब देखि त्रिभुवन विश्वविद्यालयलेअंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने
- तीन बुँदे सहमति कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन हुने
- माओवादीसंग एकताको ढोका बन्द छैन्,चुनावमा जान्छौं भन्दा षड्यन्त्र सुरु भयो:नेता विषम
- काठमाडौंमा भूकम्पको ठुलो धक्का
- बाजुराको कोल्टीमा प्रशासन कार्यालय स्थापना गर्न माग, छिट्टै माग पुरा गर्ने गृहमन्त्रीको प्रतिबद्धता
- चीन केन्द्रबिन्दु भएर गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
- ओलीलाई भीम रावलको प्रश्न : तपाईंकै पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको होईन ?
- अन्धकारमा बनेको अन्धो सरकारले मध्यरातमा अध्यादेश ल्याएछः सुमना श्रेष्ठ
- नेकपा चुनावमा जाने भएपछि लुटेराहरुको मथिङ्गल हल्लिएको छ : विप्लव सी