News Portal

  • काठमाडौंको कालोपुलमा युवा मृत अबस्थामा ,शंकास्पद २ जना पक्राउ

    जनगर्जन संवाददाता२०८१ साउन २०
    ९० पटक

    काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवक शंकास्पद रुपमा मृत फेला परेका छन् । कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन् ।

    स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको पाइएको प्रहरीले जनाएको छ । दर्जीको हत्या भएको आशंकमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।

    प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेर झुण्ड्याएको अवस्थामा शव भेटिएको एसपी अधिकारीले बताएका छन् । आइतबार बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो । उनीहरु विगत १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए । शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्