News Portal

  • पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा नेकपा स्थायी समिति बैठक बस्दै

    जनगर्जन २०८१ साउन १८
    १८९ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा आज दिउसो ३ बजेदेखि बैठक सुरु भएको हो ।

    बैठकमा महासचिव विप्लवसीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा जानकारी गराउने छन । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको धारणा बनाउने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए ।

    उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, उमा सी, भरत सी र शुशील सीको उपस्थिति रहेको छ ।

    प्रतिकृया दिनुहोस्