News Portal

  • राष्ट्रपति पौडेलले गराए तीन प्रदेश प्रमुख नियुक्त

    जनगर्जन संवाददाता२०८१ साउन १६
    ७८ पटक

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्