News Portal

माओवादी केन्द्रको पदाधिकारी आज बैठक बस्दै

जनगर्जन २०८१ साउन १३
१३४ पटक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ र राजनैतिक घटनाक्रमको बारेमा छलफल हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्