News Portal

  • एमाले र काङ्ग्रेस बीच नयाँ सरकार बनाउने सहमति, पालैपालो प्रधानमन्त्री बन्ने

    उक्त भेटघाट मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने सहमती भएको छ

    जनगर्जन बिहिवार ,असार १८,२०८१
    २०६ पटक

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दल निकट स्रोतले पुष्टि गरेका छन् ।

    ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने अर्को एक नेताले जानकारी दिएका ।

    दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

    उक्त भेटघाट मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने सहमती भएको छ

    एमाले ले (कोशी,लुम्बिनी, कर्णाली) र कांग्रेसले (बाग्मती,गण्डकी र सुदुरपश्चिम ) मधेस प्रदेश भने मधेशवादी दलले प्रदेशमा सरकारको नेतृत्व गर्ने मध्यरातमा एमाले-कांग्रेसबीच भएको सहमति भएको छ ।

    दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्