
मोफसल खबरले पठाएको समाचार जनगर्जन डटकमा प्रकाशन हुँदा झण्डै २ हप्ता पछि तपाईंको खण्डन आयो । समाचारको आधिकारिक स्रोत हामी नभएकाले हामी यस विषयमा मोफसल खबरमा बुझ्यौं । उत्त अनलाइन बाट आएको समाचार हामीले अनुमति लिएर मात्रै प्रकाशित गरिएकाले उत्त समाचारको खण्डन हामीले गरिरहनुपर्ने हो या हैन त्यमा हामी अनविज्ञनै छौं । तर खण्डनकर्ताको अधिकार सुनिश्चित होस भनेर यो खण्डन प्रकाशित गरिएको छ ।
अब हाम्रो भन्नु
१. समाचारको प्रथम स्रोत हामी होईनौं । यो समाचार मोफोसल खबरमा प्रकाशित समाचार हो उत्त अनलाइन का संञ्चालकसंग अनुमित लिएर प्रकाशित गरिएका हाै ।
२. हाम्रो समाचारको उद्देश्य कसैको चरित्रहत्या गर्ने वा कसैलाई लान्छाना लगाउने हुनै सक्दैन, हुँदैन पनि । हामी जिम्मेवार मिडिया हौँ । हाम्रो तर्फबाट यस्तो कुरा कल्पनासमेत गर्न सक्दैनौँ । हामीले समाचार मोफसलखबरले बनाएर हामिलाई पठाएको न्युज उसले तयार गर्दा सबै कुरा हेरिएको हुन्छ भन्ने मान्यता हो । यदि त्यस्तो नभएको भए र हाम्रो समाचारका कारण कसैलाई ठेस पुगेको भए, त्यसमा हामी दुख प्रकट गर्दछौँ । आउने दिनमा अनुमति लिएका समाचार प्रकाशन गर्दा पनि ख्याल गर्नुपर्ने सन्देशलाई हामीले सकारात्मक रुपमा लिने छौँ ।
३. हाम्रो मिडिया पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने भएकाले उक्त समाचारको विषयमा हामीले पनि सोधखोज गर्दा सम्पर्क हुन नसकेकाले हामीले अनुमति लिएको प्रथम स्रोत मोफसल खबर को समाचार प्रति भर परेका हौँ ।
४ खण्डनमा सामाजिक संञ्जालमा फोटो प्रकाशित प्रति चरित्रहत्या भएको भनिएको छ तर हामीले समाचार र फोटो मोफसल खबरमा जे छ त्यहि कुनै तोडमोड नगरी जस्ताको तस्तै राखेका हौँ । प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचारसंहितामा पोष्ट डिलिट गर्न नहुने उल्लेख छ । तर खण्डनकर्ताको माग र काउन्सिलले हटाउन लगाए हामी प्रचलित कानुनको समेत सम्मान गर्दै हटाउन तयार छौँ ।
५.मोफसल खबरमा प्रकाशित भएको समाचार हामीले अनुमति लिएर बैशाख ६ गते जनगर्जन मिडिमा प्रकाशित गरेका हौँं । त्यस पश्चात हामीलाई कोहि कसैले कुराकानी, फोन तथा अन्य माध्यमबाट सम्पर्क गरेन ।
६. समाचारको विषयमा हामीलाई कसैले पनि केहि भनेको छैनन् । हुदै नभएको कुरामा हामीले खण्डन गर्न आवश्यक ठानिनौँ । उनिहरुले लगाएको आरोपको कुनै प्रमाण भए हामीलाई उपलब्ध गराउन माग गर्दछौँ । पछिल्लो समय हाम्रो मिडियाका पत्रकारहरुलाई फसाउन हुदै नभएका कुराहरु लगाई फसाउन खोजिएको हो त्यस तर्फ हामी सजक छौँ ।