News Portal

  • देव सी प्रति कपिलवस्तु जिल्ला पार्टीले निकाल्यो शोक वक्तव्य

    जनगर्जन २०८१ आषाढ ५
    २३४ पटक

    कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु जिल्ला शिवराज नगरपालिका का नगर सदस्य वर्ष ५६ का देव बहादुर को उपचार का क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिरहेकै अवस्थामा ०८१ असार १ गते दुःखद निधन भएकोले मृतक देव सी प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तव्द परिवार आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछौ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला ईन्चार्ज संगम सी र जिल्ला सचिव पावेल सीको हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ शोक वक्तव्यः

    शोक वक्तव्य
    हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला शिवराज नगरपालिका नगर सदस्य क. देव बहादुर सी को यहि मिति २०८१ साल असार १ गतेका दिन दिउँसो ४:३० बजे प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ५६ बर्षको उमेरमा असमायिक निधन भएको छ । उहाँको मुत्युले परिवार, समाज पार्टीलाई ठूलो क्षति भएको छ । एकीकृत जनक्रान्तिमा उहाँले पुऱ्याउनु भएको योगदानलाई पार्टीले सदैव स्मरण गरि रहने छ । दुःखको यस घडिमा क. देव बहादुर सी प्रति भावपूर्ण श्रद्धाञ्जली तथा सम्पूर्ण शोक सन्तप्त परिवारजन र उहाँको जीवन स‌ङ्गीनि प्रति गहिरो समवेदना प्रकट गर्दछौँ।

    जिल्ला ईन्चार्ज
    संगम सी

    जिल्ला सचिव
    पावेल सी

    प्रतिकृया दिनुहोस्