News Portal

  • समाजवाद विना न्याय खोज्नु सम्भव छैनः विप्लव सी

    वसन्त वि. क.२०८१ आषाढ ४
    १४४ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा समाजवाद विना न्याय खोज्नु सम्भव नहुने बताएका छन ।

    काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा समाजवादको स्थापना विना न्याय खोज्नु सम्भव नहुने बताएका हुन ।

    उनले समाजवादको दिशामा नेपाललाई लिन सकेनौ भने नेपालमा भयावह परिस्थितिको सामाना गर्नु पर्ने चेतावनी दिए । महासचिव विप्लवले बेपत्ता योद्धाका परिवार,सहिद परिवार,घाईते तथा अपाङ्कहरु मात्र होईन सिंगो जनयुद्धमा साथ दिने नेपाली जनताको न्याय समाजवादले मात्र दिने ठोकुवा गरे ।

    महासचिव विप्लवले भने ‘यो राज्य व्यवस्था असफल भयो, राज्यले शक्तिको बलमा असफल व्यवस्था टिकाईरहेको छ, केन्द्र देखि प्रदेश सम्म सरकार बदल्ले, जनताको तिरको राजस्व खाने काम भएको छ । राजस्व राज्यलाई तिरेको पनि बर्वाद तिर जादैछ, यो असफल व्यवस्थालाई बन्दुकको बलमा टिकाईको छ, यसको विकल्प समाजवाद हो, समाजवाद विना न्याय खोज्नु असम्भव छ, अब समाजवाद चाहिन्छ ।’

    उनले माओवादीहरु एकताबद्ध भएर बेपत्ता,सहिद परिवार,घाईते अपाङ्क लगायत सबैको समस्या समाधान गर्ने बाटोमा जानुपर्नेमा जोड दिए ।
    उनले भने ‘हाम्रो बलिदान नेपालको भविष्यसंग जोडिएको छ, यो देशको नेतृत्व हामीले गर्नैपर्छ,निरास हुनुहुदैन, देशको जिम्मा लिने सोच्नुपर्छ ।’
    ‘जनताको हातमा सत्ता आएको छैन,गणतन्त्र जनताको हुन सकेन’ महासचिव विप्लवले भने, ‘जनताको व्यवस्था आउन जरुरी छ, जनयुद्धको बेला बनाईएका जनसत्ता, जनकम्युन,जनअदालत र जनमुक्ति सेनाको उचित र न्यायपूर्ण समायोजन भएन, कांग्रेसले मुक्ति सेना सबै प्रहरीमा समायोजन गर्यो तर माओवादीले जनमुक्ति सेना सबैलाई सम्मानजनक समायोजन गर्न सकेन । जसको परिणाम आज पुँजीवादले माओवादीलाई दवाईरहेको छ ।’

    उनले पुँजीवादका विरुद्ध विजय नहुदा माओवादीका एजेण्डाहरु पुरा नभएको बताए । महासचिव विप्लवले माओवादीहरुले आफूलाई करेन्सन गर्नु पर्नेमा जोड दिए । उनले हिंसा र युद्धको श्रोत पुँजीवादी सत्ता भएको औल्याउदै नेकपा युद्ध नभएर शान्ति चाहने शक्ति भएको स्पष्ट पारे ।

    उनले जनतालाई बन्दुकको बलमा शासन लाद्नु भन्दा नेपालमा समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा जनमतसंग्र गरिनु पर्ने बताए ।
    उनले भने ‘नेपालमा जनमसंग्रह गरेर व्यवस्थाको फैसाला गर्नु पर्छ,नेपालमा पाँच बर्षसम्म सत्ता चलाउन दिने अवस्था छैन, प्रचण्डलाई पाँच बर्षसम्म सरकार चलाउन दिएको भए केही परिवर्तन हुन सक्थ्यो होला, तर आज त्यो छैन, वजेटमा आफ्नै पार्टीका नेताहरुको विरोध छ, १२ खर्व वाँडेर खाने वाहेक अरु केही देखिदैन ।’

    महासविच विप्लवले देशको अग्रगामी निकास समाजवादले हुने र सबैको समस्या समाधान समाजजादले गर्ने दावी गर्दै रोएर कराएर नभई संघर्ष गरिरहन आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्