News Portal

  • सी जाति मान्यताको संकलित हस्ताक्षर मुख्यमन्त्री कंडेललाई बुझाउदा किन गरे चर्काचर्की ?

    वसन्त बि क२०८१ जेठ २६
    १३६ पटक

    सुर्खेत । युुवा संगठन नेपालले संकलन गरेको सी जाति मान्यताको हस्ताक्षर कर्णालीका मुख्यमन्त्री यमलाल कंडेललाई बुझाउन गएको युवाहरुको टिमसंग मुख्यमन्त्री कंडेलले चर्काचर्की गरेका छन ।
    मुख्यमन्त्री कंडेलले रुखो सैलीमा संकलित हस्ताक्षर आफूले खुल्ला गरेर समाउन नसक्ने भन्दै चर्काचर्की गरेका हुन ।

    युवा संगठन नेपालका कर्णालीका नेता मिनेश सीले हस्ताक्षर संकलन गरिएको कपडा खुल्ला गरेर मुख्यमन्त्री कंडेललाई जेठ २२ गते बुझाउन खोजेका थिए । तर मुख्यमन्त्री कंडेलले खुल्ला गरिएको हस्ताक्षर संकलित कपडा कुनै पनि हालतमा नसमाउने र डल्लो पारिएको बुझन तयार भएको बताए । युवाहरुले कपडा खुल्ला गरेर दिन चाहने र मुख्यमन्त्रीले खुल्ला गरेको कपडा बुझन नचाहने कुराले चर्काचर्की भएको हो ।

    युवा संगठन नेपालका नेता मिनेशले पटक पटक यो समाउनु होस् अनि बुझनुहोला भनेर आग्रह गरेका छन । त्यतिबेला मुख्यमन्त्री कंडेलले रिसले चुर हुदै आक्रोसी हुदै भिडियोमा भनेका छन ‘म समाउन्न ! बुझाउनु होस क्या ! समाउन्न !’
    युवा संगठनका नेता मिनेशले फेरी पनि यो एकैछिन समाउनु न सर भनेर आग्रह गरे । तर पनि मुख्यमन्त्री कंडेलले हस्ताक्षर संकलन गरिएको सेतो कपडा खुल्ला गरेर कुनै पनि हालतमा लिन चाहेनन् ।
    उनले बरु उल्टै भने ‘बुझाउनु न धेरै बहस नगर्नु ! मलाई हातपात नगर्नु ! बुझाउन न मलाई ! बझाउनु !’

    आखिर मुख्यमन्त्री कंडेलले यस्तो व्यवहार किन गरे होलान सर्वत्र चासोको विषय बनेको छ । हस्ताक्षर गरिएको कपडा खुल्ला गरेर बुझदा मुख्यमन्त्री कंडेलको के नै घाटा हुने थियो होला ? मुख्यमन्त्री कंडेल पनि कम्युनिष्ट पृष्ठभूमिबाट आएका एमालेसंग सम्वन्धीत नेता हुन । सी जाति भनेको साम्यवादी जाति बनाउने उद्देश्यले नेकपाले नवौं महाधिवेशनबाट सी जाति अगाडि सारेको थियो ।

    सोही जातिलाई कानूनी मान्यताका लागि जेष्ठ १५ गते देखि १८ गते सम्म युवा संगठन नेपालले देशैभरी हस्ताक्षर अभियान संचालन गरेको थियो । सोही अभियानबाट कर्णालीमा संकलित हस्ताक्षर बुझाउन युवाहरु मुख्यमन्त्री कार्यालयमा गएका हुन ।

    त्यहाँ जाँदा मुख्यमन्त्री कंडेलले किन युवाहरुसंग अपमान गरे ? अनि किन हेपेर बोले होलान ? त्यो भने एकीन बुझन सकिएको छैन । एउटा कम्युनिष्ट नेता तथा सरकार प्रमुखले यस्तो व्यवहार नगरेको भए राम्रो हुने युवासंगठनले बताएको छ । युवा संगठन नेपालले आफ्नो संगठनलाई मुख्यमन्त्रीले महत्व दिन नचाहेको र हेपाह प्रवृति भएको आरोप लगाएको छ ।

    मुख्यमन्त्रीको प्रेसर बढेकाले पनि चर्काचर्की भएको हुन सक्ने एकथरीको अनुमान छ । फरक राजनीतिक पार्टीका युवाहरुलाई महत्व दिन नचाहेको र सी जातिप्रति पनि सहमति जनाउन नचाहेकोले मुख्यमन्त्रीको यस्तो व्यवहार प्रर्दशन भएको अर्कोथरीको अनुमान छ । आखिर जे भएपनि मुख्यमन्त्रीको व्यवहार सोभनिय नभएको बुझाई आममा छ ।

    सरकारको प्रमुख भएर सबै कुरा सुन्ने ठाउँमा भएको व्यक्तिले त्यस्तो व्यवहार गर्नु राम्रो पक्ष नभएको विश्लेषकहरुले बताएका छन । उता मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले मुख्यमन्त्री कंडेलको स्वभावगत त्रुटी भएको बताएका छन । बाकी  भिडियोमा विस्तृत छ……

    प्रतिकृया दिनुहोस्