News Portal

  • नेकपाका युवा नेता बियस चन्दको सम्झनामा श्रद्धाञ्जली सभा

    विष्णु विश्वकर्मा२०८१ जेठ १६
    २७९ पटक

    १६ जेष्ठ , कपिलवस्तु । महान सहिद क. विरजङ्गका जेष्ठ सुपुत्र नेकपा महासचिव विप्लवका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

    नेकपा नेता चन्दको गत जेठ १२ गते काठमाडौको टिचिङ्ग हस्पिटल मा उपचारको क्रममा निधन भएको थियो ।

    आज नेकपा कपिलवस्तु द्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपाका महासचिव बिप्लवले चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए । यसैगरी चन्द परिवारको लगातार भएको पारिवारिक घटनाले पनि पार्टीमा ठूलो क्षति पुगेको बताए

    पार्टीको काम कर्तव्य , पार्टीको आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै महासचिव विप्लवले भन्नुभयो भन्नुभयो, ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’

    श्रद्धाञ्जली सभा नेकपा महासचिव विप्लव सी को प्रमुख आतिथ्यता,संगम सीको अध्यक्षता तथा पाबेल सीको संचालनमा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभा कार्यक्रममा चन्द परिवार तथा नेकपाका केन्द्रिय सदस्य लगायत अन्य नेता कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्