News Portal

  • विरजङ्ग पुत्र क.बियसको स्मृतिमा महासचिव विप्लवको नेतृत्वमा वृक्षारोपण कार्यक्रम

    जनगर्जन २०८१ जेठ १३
    २२३ पटक

    जेष्ठ १३,काठमाडौं । नेकपाका महान सहिद विरजङ्गका जेष्ठपुत्र तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी का भतिज एवम् नेकपा कपिलवस्तुका नेता बियसको स्मृतिमा कपिलवस्तुको शिवगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।


    वृक्षारोपण कार्यक्रममा महासचिव विप्लवको नेतृत्वको विभिन्न जातका जडिबुटीहरु अमला, आँप तथा बाह्रमासे फुलहरु रोपिएको वृक्षरोपण कार्यक्रममा सहभागी पार्टी केन्द्रीय सदस्य अडिग सीले बताए ।

    वृक्षारोपणमा कार्यक्रममा स्थानीय पार्टीका नेता कार्यकर्ता, परिवार तथा आफन्तजनहरुको उपस्थिति रहेको थियोे ।

    नेकपाले अगाडि सारेको सी जातिको संस्कृति अनुसार बियसको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिने नेकपा कपिलवस्तुले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्