News Portal

पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

विनित कुमार तिरुवा२०८१ जेठ ११
३४५ पटक

जेष्ठ ११ काठमाडौ । नेकपा पचालझरना गाउकमिटी को बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

गाउँ कमिटी सेक्रेटेरी क. ल‍ोचन सी को अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य एबं पालिका ईन्चार्ज रणदिप सी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय क. दिलमान तखत र क दिगदर्शनको उपस्थिति मा सम्पन्न कार्यक्रम ले ३ महिने जनसम्वन्ध सुदृढ अभियान संचालन गर्ने निर्णय गरेको छ । ९ वटै वडामा वडा सेक्रेटरी / ईन्चार्जको नयाँ जिम्मेवारी पनि तोकिएको सेक्रेटेरी लोचन सी ले बताउनु भयो ।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी रणदिप सी ले एकीकृत जनक्रान्ती को मोर्चा को रुपमा निर्वाचन लाई प्रयोग गर्न सकिने तर उदेश्य समाजवाद प्राप्तगर्ने रहेको धारणा राखेका छन । उक्त कार्यक्रम कृर्षि कार्यालको सभाहलमा गरेको र ९ वटै वडा बाट ५०/६० जना सक्रिय कार्यकर्ताको सहभागिता रहेको थियो ।

महत्त्वपूर्ण समयको सुझाव सहित कालिकोट जिल्ला समन्वय समितिको परिपत्र लाई ध्यानमा राखी ने.क.पा.का केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज क.रणदिप सि ने.क.पा.(माओवादी केन्द्र )प्रदेश सदस्य तथा पचालझरना ईन्चार्ज क.तारा न्यौपाने ,ने.क.पा.एस का प्रदेश सदस्य क.चन्द बहादुर शाहीको उपस्थितिमा ७ सदस्यीय समाजबादी मोर्चा गठन पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्