News Portal

  • श्रमिक समुदाय मोर्चाको छैठौं बैठक सम्पन्न

    जनगर्जन संवाददाता२०८१ जेठ ११
    ९१ पटक

    जेष्ठ ११,कपिलवस्तु ।नेकपाको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समितिको छैठौं पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठक २ दिन पश्चात सम्पन्न भएको हो ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले जातीय विभेदका विरुद्ध सशक्त योजना निर्माण गर्ने बताइएको छ । पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले नेपाली विशेषताको समाजवादी व्यवस्था र सी संस्कृति स्थापनाका निम्ति अग्रसर हुन उनले सबैलाई आग्रह गरे ।

    बैठकले पदिय जिम्मेवारी समेत हेरफेर गरेको छ । मोर्चा अध्यक्ष रामलाल सीका अनुसार प्रदेश १ को इन्चार्ज मोर्चा महासचिव त्रिलोचन सी, मधेसमा सचिवालय सदस्य धर्म सी, बागमतीमा कार्यालय सदस्य पदम सी, गण्डकीमा मोर्चाका कोषाध्यक्ष जानकी सी, लुम्बिनीमा सचिवालय सदस्य सुरज सी, कर्णालीमा कार्यालय सदस्य टिकाराम सी र सुदुरपश्चिममा सचिवालय सदस्य मधुसूदन सीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    उत्पादन, सूचना तथा प्रकाशन र संगठन सम्बन्धि कामलाई थप व्यवस्थित गर्दै लैजाने, सी जाती र संस्कृतिबारे थप अध्ययन-अनुसन्धान गर्ने लगायत बैठकले निर्णय गरेको कुरा मोर्चाका सचिव उमेश सीले बताए ।

    प्रतिकृया दिनुहोस्