News Portal

  • म माथी लागेको आरोप बारे ससदमा बोल्न पाउनुपर्छ :- रबि लामिछाने

    जनगर्जन संवाददाता२०८१ बैशाख ३१
    १३८ पटक

    वैशाख ३१, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । संसदमा आफ्ना कुरा राखेपछी मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताएका छन् ।

    सहकारीको वचत अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । भोलि १ जेठको (प्रतिनिधिसभा र राष्ट्रियसभाको) संयुक्त वैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

    सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने बताएका छन् । उनले अगाडि भने, ‘एक पटक जवाफ दिन पाउनुपर्छ, त्यसपछि अरु कुरा गर्न सकिन्छ ।’

    प्रतिकृया दिनुहोस्