News Portal

  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीद्धारा नयाँ संस्कृति म्यागजिनको विमोचन

    जनगर्जन संवाददाता२०८१ बैशाख २९
    ८४ पटक

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीद्धारा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको प्रकशान नयाँ संस्कृति पत्रिका ( म्यागजिन) को विमोचन गरेका छन ।

    शुक्रबार काठमाडौंमा आयोजित वाग्मती प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेता विप्लव सीले विमोचन गरेका हुन ।

    अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्र साहित्य वैचारिक म्यागजिन पत्रिका हो । पत्रिकाको विमोचन नेकपाका महासचिव विप्लव सी , नेकपाका पिबिएम , माईला सी , कृति सी, आजाद, सी सन्देश सी , खुमा सी, बन्दु सी , कान्छाराम सी , र महासङ्घ कार्यलय टिम एक सात सार्वजनिक गर्नु भएको छ ।


    नयाँ संस्कृति म्यागजिनको आबरण लेखकमा सम्पादकीय लाई मुख्य बनायर रातो झण्डा रातो यात्रा र रातो संस्कृति लाई क्रान्तिको मुख्य प्रतिकका रुपमा एकीकृत जनक्रान्ति र सी संस्कृतिलाई क्रान्तिकारी संस्कृतिको प्रतिककारुपमा रहेको आवरण पृष्ठ रहेको छ ।

    मुखपत्र भित्र समय र श्रमको महत्व सांस्कृतिक सम्बन्धि कम्युनिस्ट दृष्टिकोण ,कुशलकृति कवितासङ्ग्रह विद्रोहको गीत ,साहित्य-कला र वर्तमान, उत्पादन सम्बन्ध र संस्कृति , सी संस्कृति र सांस्कृतिक रुपान्तरण , प्रतिबन्धित घडीमा सांस्कृतिक सौन्दर्य ,संस्मरण, कविता, गित नाटक , गतिविधि लगायतका विषयहरू समेटिएको छ ।

    विमोचन कार्यक्रममा लेखकले गरेको मिहिनेत र अध्यन संस्कृतको विशकालागि र लेखकको परिश्रमलाई श्रमशुल्क दिने पनि महाङ्घका अध्यक्ष माईला सीले घोषणा गर्नु भएको छ । के कति सकन्छ , तर महासचिव लगाए अन्य नेताहरु लेखक साहित्यकारहरुको रचना समेटिएका सम्पादक मण्डलका संयोजक कुशल सीले जानकारी दिएका छन

    प्रतिकृया दिनुहोस्