News Portal

  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग स्वार्थ केन्द्रित :-ओली

    जनगर्जन संवाददाता२०८१ बैशाख २८
    ७२ पटक

    वैशाख २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग स्वार्थ केन्द्रित भएको बताएका छन् ।

    एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले भनेका छन उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी प्रशासन नभई कांग्रेस पछाडी लागेको बताएका छन । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेका छन ।

    सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या भयो त्यसको समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने बताए । ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? कसरी गर्ने ? वेथिती भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब अनुसन्धान के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’यी कुरामा जोड दिनुपर्ने सट्टा मा रविको पछाडि काङ्ग्रेस दौडिरहेको छ ।

    कांग्रेसले भने जस्तो संसदीय समिति नबनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ । ‘हामीले रविजीको राजिनामा मागेका छैनौं भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’उहाँहरू बानी नै यस्तो भयो कि आफू गरे सबै राम्रो अरु राम्रो गरे पनि नराम्रो भनेर कटाक्षगरेका छन।

    गठबन्धन छाडेर आए डेढ वर्ष प्रधानमन्त्री बनाउने भनेर रविलाई प्रस्ताव गरेको र त्यसमा सहमत नभएपछि कांग्रेसले सहकारीको मुद्दा उठाएको ओलीको दाबी छ । ‘यस प्रकारका छुद्र खेल खेलिनुहुन्न ।

    कसैलाई धक्का पर्यो भन्दैमा यस प्रकारको छानबिन गर्ने ?’ ओलीले अगाडि भने, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ ।’

    प्रतिकृया दिनुहोस्