News Portal

  • घाँस काट्ने क्रममा रुखबाट लडेर बाग्लुङ निसिखोलामा एकको मृत्यु

    दिनेश विकल्प२०८१ बैशाख ७
    ४० पटक

    बैसाख ७, बागलुङ । बागलुङको निसिखोलामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    बागलुङ जिल्ला निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।

    गाइवस्तुलाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गैइ घाँस काट्ने क्रममा सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको निसीखोलाका वडाध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिनुभयो ।

    समाजसेवी समेत रहनुभएका सुनारको मृत्युले खाडचौर गाउँ स्तब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन ।

    प्रतिकृया दिनुहोस्