News Portal

  • जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साघारण सभा सम्पन्न

    जनगर्जन २०८१ बैशाख ४
    ११८ पटक

    कपिलवस्तु : जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साघारण सभा सम्पन्न भएको छ ।

    शिवराज न.पा.-९ कपिलवस्तुमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशभरका छरिएका उत्पादन प्रणालीलाई एकत्रित गर्दै बृहत् उत्पादन गराउने उद्देश्य समेत रहेको बताए । अबको क्रान्ति भनेको कृषि क्रान्ति हो कृषिप्रधान देशमा कृषि नै भएन भने हामी आत्मनिर्भर बन्न सक्दैनौ । देशभर खाली रहेका बाझो जमिनलाई हरियाली बनाइ उक्त जग्गाबाट उत्पादन लिई स्वरोजगार आत्मनिर्भर बन्नु अब हाम्रो दायित्व हो उनले भने,।

    चितवन, कपिलवस्तु, बर्दिया, दाङ , जुम्ला , कास्की , सिन्धुली , महोत्तरी लगायतका जिल्लामा छरिएर रइरहेको उत्पादनलाई कृषि सहकारीमार्फत विशाल उत्पादन बढाउने योजना रहेको बताए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य रणवीर सी, पिबिएम विजय सी, पिबिएम एवम् पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सन्जीव सी, पिबिएम असल सी, सल्लाहकार सन्तोषी सी, प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।


    प्रारम्भिक साधारण सभाले निम्नानुसार कार्यसमिति पनि चयन गरेको छ । कार्यसमितिमा अध्यक्ष क. सन्देश सी, उपाध्यक्ष सम्झना सी , सचीव ,क. सुरबिर सी, कोषाध्यक्ष क. पावेल सी रहेका छन भने , सदस्यहरुमा लोक ब ओलि, निरक ब शाही, पबन कुमार महतो , सुकमाया बि क, उषा घर्ती घिमिरे रहेका छन, त्यस्तै लेखा समितिमा सुरेन्द्र सापकोटा ,अर्जुन कुमार पाण्डे , सन्ध्या चन्द रहेका छन ।

    त्यस्तै व्यवस्थापक समितिमा , सुशील हमाल रहेका छन भने संरक्षकमा नेत्र बिक्रम चन्द विप्लव सी रहेका छन ।
    साधारणसभाका नवनिर्वाचित कार्यसमितिलाई पार्टीका महासचिव विप्लव सीले बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    राजुप्रसाद पौडेल (सन्देश सी) को अध्यक्षता र दिनेश सीको सञ्चालनमा भएको कार्यक्रममा सहकारी अगुवा र नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

    प्रतिकृया दिनुहोस्