News Portal

  • एमालेले बोलायो सचिवालय बैठक

    जनगर्जन २०८० चैत्र ३०
    २८ पटक

    चैत ३०, काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने बताएका छन ।

    बैठकमा विशेषत महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेश गर्ने सांगठानिक र राजनीतिक प्रतिवदेनहरूको विषयमा बैठकमा छलफल तथा पछिल्ला समसामयिक विषयमा पनि सामान्य छलफल हुने कुरा बताए ।

    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ देखि १० गतेसम्म बस्दैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन् ।

    प्रतिकृया दिनुहोस्