News Portal

  • इलाममा सुहाङ नेम्वाङको उम्मेदवारीमा नेकपाको समर्थन – वक्तव्य

    विष्णु विश्वकर्मा२०८० चैत्र २४
    १३३ पटक

    २४ चैत, काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ ।

    एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् र नेकपा समर्थन वक्तव्य पनि निकालेको छ ।

    मेची ब्युरो इन्चार्ज सुमनसिह सी को हस्ताक्षर सहितको समर्थन- वक्तव्यमा भनिएको छ “देश यतिवेला गम्भीर षड्यन्त्र र संकटको चपेटामा परेको छ। जनताको जीवन कष्टकर छ, स्वाधिनता माथी डरलाग्दो प्रहार भैरहेको छ । देशलाई आजको संकटबाट निकास चाहिएको छ । दलाल पुँजिवादको बुई चढेर नेपाल प्रवेश गरेको आजको विश्व साम्राज्यवाद नेपालमा विभिन्न प्रकारका अस्थिरता, अराजकता, द्वन्द सूजना गरेर आजको विश्व भुराजनितिक ध्रुविकरणमा नेपाललाइ प्रयोग गर्ने दिशामा अगाडि बढेको छ” ।

    जनताको विचमा निराशा र भ्रमको खेती गर्ने, नंया आवरणमा भिन्न-भिन्न प्रवृतीलाई जनताको विचमा प्रस्तुत गर्ने र यहि समाधान हो भन्ने भाष्यलाई स्थापित गर्ने प्रयत्नमा साम्राज्यवादी शक्ति लागेको प्रष्ट छ ।

    नेपालमा कम्युनिष्ट, समाजवादी र देशभक्तहरुको महान सपनाको कत्लेआम गरेर यो देशलाई युद्धको भुङ्गयोमा होम्न उद्धत षड्यन्त्रकारीहरुको पड्यन्त्रबाट कम्युनिस्ट र समाजवादी जनमतको रक्षा गर्नु र नेपाली जनताले चाहेको समाजवादी सत्ता स्थापना गर्ने दिशामा दृढ भएर लाग्नु पर्ने ऐतिहासिक जिम्मेवारी सबै कम्युनिस्टहरुको कांधमा आएको छ।

    यसै सन्दर्भमा आगामि वैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनमा के गर्ने? भन्नेवारे हाम्रो पार्टीका महासचिव कमरेड विप्लव सी र नेकपा एमालेका अधक्ष्य कमरेड केपी ओली बिच भएको गहन छलफल पछि एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएका सुहाङ नेम्वाङलाइ समर्थन र सहयोग गर्ने निर्णय हाम्रो पार्टीले लिएको छ।

    अतः सिङ्गो देशकै वर्तमान आवश्यकता र क्रान्तिको ऐतिहासिक कार्यभार लाइ बोध गरेको हाम्रो पार्टी साम्राज्यवादका विभिन्न रुपका चलखेलहरुवाट सचेत रहन र सबै कम्युनिष्ट, समाजवादी र देशभक्त हरुले सूर्य चिन्ह वाहक उम्मेद्वार सुहाङ नेम्वाङलाइ मत दिएर विजयी बनाउन अपिल गर्दछ। हाम्रो पार्टी जुनसुकै मोर्चा वाट लड्न र नेपाली जनताको समाजवादी सत्ता निर्माण गर्ने चाहाना पुरा गरि छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्दछ “।

    त्यसैगरी एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् ।

    प्रतिकृया दिनुहोस्