News Portal

  • कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाहीविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

    जनगर्जन २०८० चैत्र २२
    ४३ पटक

    चैत्र २२,काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनी विरुद्ध मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ ।

    दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको हो । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए बमोजिम उनी स्वतः निलम्बन परेका हुन् ।

    शाही २०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । शाही तत्कालीन नेकपा पार्टी विभाजित भएपछि गठबन्धनबाट कर्णालीको मुख्यमन्त्री बनेका थिए ।

    प्रतिकृया दिनुहोस्