News Portal

  • जाती व्यवस्थाको अन्त्य नभएसम्म समाजवादको स्थापना हुन सक्दैन: उपेन्द्र यादव

    विष्णु विश्वकर्मा२०८० चैत्र २०
    १०१ पटक

    चैत्र २०,काठमाडौं । उप-प्रधान तथा स्वास्थ्य मन्त्री/ जनता समाजवदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जाती व्यवस्थाको अन्त्य नभए सम्म नेपालमा नेपाली विशेषताको समाजवादको स्थापना पुग्न हुन नसक्ने बताएका छन् ।

    मङ्गलबार राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाद्वारा आयोजित “नेपाली विशेषताको समाजवाद” विषयक अन्तर्कृया कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

    उनले आपनो सामाजिक विशेषताको आधारमा रहेर समाजवाद निर्माण गर्नुपर्दछ । यो व्यवस्था अहिले ट्रेलरमा जे भनिए पनि कतै न कतै पुजीवाद यो पुजीवादको अर्को रुप हो यो समाजवाद हैन पुजीवाद हैन विकृतीको पुजीवाद तर्फ गैरहेको छ । यो समाज जातिबाद समाज हो बर्गवाद समाज हैन।

    उनले भने,” अहिलेकै व्यवस्थालाई अङ्गालेर समाजवादमा जादैछौँ भन्नू नै जानुपर्ने पुर्व हिडेका छौ पश्चिम हो राजनीतिक खेलले जनतालाइ धोका दिनु हो ।अहिलेको यो जातिवाद व्यवस्थाले नेपाली विशेषताको समाजवाद कुनैपनि हालतमा सम्भव छैन ।”उनले भने,” शताब्दी देखि जातिय वर्गीय धार्मिक,सामाजिक ,सास्कृतिक विभेदहरु हुँदै आएका छन यस्ता विभेदकारी समाजले समाजलाई कतातिर लान्छ, लोकतन्त्र सुशासन कतातिर जान्छ यी कुराहरु मध्यनजर गर्नु आवश्यक छ र यस्ता कुराको अन्त्य गर्दै अगाडी बढेमात्र नेपाली विशेषताको समाजवाद सम्भावना छ”।

    नेपालमा विद्यमान हरेक खाले विभेदको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने नेपालमा राष्ट्रिताका सवालहरु जताततै छन यसका विषयमा कुरा गर्यो भने एक सय बीस भोल्टको करेन्ट लाग्छ झसङ्ग हुन्छन यो भनेकै जातलाई बढवा दिएको हो यस्ता विभेदकारी समाजलाई त्यागेर मात्र अगाडी बढ्न सकिनछ ।

    उनले भने,आर्थिक विकास समृद्धि सुशासन कायम नगरेसम्म समाज रुपान्तरण गर्न सकिँदैन अहिलेको संविधान समाजवादको बाधक छ यसलाई संशाेधन गर्नुपर्छ शासकिय स्वरुप बदल्नु पर्छ । निर्वाचन प्रणाली बदल्नु पर्छ ।
    “हामीले साच्चै नेपाली विशेषताको समाजवादमा जान चाहान्छौ भने त्यसको मोडालिटी तयार गर्दैछौँ भने भ्रष्टाचार समाजवादको बाधक हो परिवारवाद पनि बाधक हो यस्ता पद्धति लाई निर्मुल पारी हामी सबै यहि मोडालिटी बात टाढा रहनु आवश्यक छ ।

    सबै उत्पादन क्षेत्रमा लागी आफ्नो उत्पादनलाई बढाएर आयातित सामानमा रोक लगाई देशलाई आफ्नै श्रोत साधनबाट आत्मनिर्भर बनाउनु पर्छ तबमात्र देशमा नेपाली विशेषताको समाजवाद आउँछ ” ।

    प्रतिकृया दिनुहोस्