News Portal

  • दाङमा भोलि सञ्चारकर्मी र बुद्धिजीवीहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    ३५ पटक

    हेमन्त प्रकाश वली
    दाङ । दाङको घोराहीमा फागुन ३० गते अर्थात भोलि अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

    जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा ११:३० बजेदेखी सर्वोदय पुस्तकालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

    जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका सदस्य जंग रेउलेका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताएका छन् ।

    हामिले सबै सञ्चारकर्मी साथिहरु , पत्रकार संघ/संगठनका प्रमुख , आम बुद्धिजीवी मित्रहरु लगाएत सबै सञ्चार गृह , पत्रपत्रिका अनलाईन रेडियो , टेलिभिजन , नागरिक समाज ,मानवअधिकारकर्मी लगाएत सबैलाई निमन्त्रणा सहित कार्यपत्र प्रदान गरिसकेका छौँ , उनले भने ‘ अहिलेको राजनीतिक – आर्थिक संकटले सञ्चार क्षेत्रमा गहिरो प्रभाव पारेको छ भन्नेमा सबैको सहमती छ तर निकासका बारेमा बिमर्श गर्न खुल्ला बहस चलाउने सोचले कार्यक्रम आयोजना गरेका हौं । कार्यक्रममा सहभागीताका लागि अपिल गर्दछौं ।’

    प्रतिकृया दिनुहोस्