News Portal

  • प्रचण्डका भाई नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार

    जनगर्जन संवाददाता२०८० फाल्गुण २७
    ५२ पटक

    काठमाडौं / फागुनमा २९ हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी (केन्द्र)ले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

    नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने सहमति भएको छ ।

    माओवादीले उठाएको नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।

    नेपाली कांग्रेस बाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ

    प्रतिकृया दिनुहोस्