News Portal

  • जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड

    जनगर्जन संवाददाता२०८० फाल्गुण २७
    ६६ पटक

    २७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

    जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।
    यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।

    जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।

    प्रतिकृया दिनुहोस्