News Portal

  • कृष्ण कडेललाई मुद्धा लाग्नु श्रमको समस्या हो : विप्लव

    जनगर्जन संवाददाता२०८० फाल्गुण ९
    ४० पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले इन्द्रेणी फाउण्डेशनका संचालक कृष्ण कडेलका विरुद्धमा मुद्धा लाग्नु श्रमको समस्या भएको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रमा प्रशिक्षण मन्तव्य राख्दै विप्लवले कडेलको टिम श्रममा नजोडिएकाले समस्या आएको बताएका हुन् ।

    ‘श्रम नगरेर खाने ठाउँमा झगडा मात्रै पर्छ । एउटाले खाने र अर्कोले श्रम गर्ने मात्रै भयो भने झगडा पर्छ ।’, उनले भने, ‘हुँदा हुँदा कृष्ण कडेलको इन्द्रेणीमा पनि झगडा पर्यो । मुद्धा लडालड भइरहेको छ । अरु त डुबेका थिए थिए, रातदिन कराउने, गीत गाउने, कृष्ण कडेल पनि मुद्धा लड्दैछन् । यो श्रममा नजोडिका कारणले भएको हो । आफ्नो उत्पादन भयो भने यस्ता विवादहरु हल हुन्छन् । हामीले श्रममा जोतिएर काम गर्ने, मिठो खाने र राम्रो लगाउने नीति लिएका छौं । यो पनि एक खालको संस्कृति नै हो ।’’

    बुधबार त्रिभूवन विश्वविद्यालयको हलमा आयोजित बन्दसत्रमा विप्लवले कृष्ण कडेलहरुले समाजका लागि सांस्कृतिक जागरण ल्याउन सफल भएपनि आफ्नो उत्पादन नहुँदा समस्यामा परेको बताए । ‘सांस्कृतिक रुपमा हामी सपफल छौं । जनयुद्धदेखिको सामान सांस्कृतिक परिवार हामीसँग छ । प्रचण्डहरुसँग जनयुद्धको एउटा कलाकार पनि छैन ।’, विप्लवले भने, ‘यो एउटा संस्कृतिको कुरा पनि हो । हामीले संस्कृतिलाई जोगाइ राखेका छौं । हामीले सामनालाई पनि उत्पादनमा जोडेका छौं । सामनालाई श्रममा जोडेको बताए ।’

    उनले पार्टीले लिएको उत्पादनमा नीतिमा जोडिएर सामाजवादको अभ्यास गर्न विद्यार्थीलाई समेत प्रेरित गरे । ‘विद्यार्थीले गार्मेन्ट उद्योग चलाइरहेको छ । अहिले तपाईंहरुले लगाएको टोपी आफैले बनाएको हो भनेर प्रचार गरिरहनु भएको छैन । यसलाई व्यापक बनाउनु होस् । विभिन्न विभाग बनाएर कृषिमा जोडिनुहोस् । खानाका लागि विद्यार्थी संगठनले कसैसँग माग्न परेन भने त्यहाँ देखिन्छ समाजवाद । समाजवादको रटान लगाएर मात्र पुग्दैन, अहिले काम गरेर देखाउन पर्छ ।’, उनले भने, ‘अहिले पार्टी हेडक्वाटरमा खानाको चिन्ता छैन । हामीले उत्पादन गरेको चामल, दाल, तरकारीले खान पुगेको छ । तपाईंहरु पनि त्यसरी आत्मनिर्भर हुनुहोस् ।’

    फागुन ६ गतेदेखि चलेको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सकिदैछ । हिजो संगठनको विधान र प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सम्मेलनले संगठनको नाम फेरेर अखिल (समाजवादी) राख्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्