News Portal

प्रधानमन्त्री ओलीसहितका नेतामाथि सामाजिक सञ्जालमा गालीगलौज गर्ने बस्नेत धरौटीमा रिहा

जनगर्जन संवाददाता२०८२ आषाढ १२
१२ पटक

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गालीगलौज गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको थियो । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

असार १ गते पक्राउ परेकी बस्नेतमाथि सामाजिक सञ्जालमा भिडियोमार्फत प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान गर्दै द्वेष फैलाएको आरोप छ । उनीविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

थुनछेक बहसका क्रममा बस्नेतले गृहमन्त्रीले ‘भिजिट भिसा प्रकरण’ मा अनुसन्धानलाई सघाउन राजीनामा नदिएको, रवि लामिछानेलाई अन्याय भएको र नेता गगन थापाले प्रमाण सार्वजनिक गर्न नसकेको भन्दै असन्तुष्टिका कारण भिडियो बनाएको बताइन् ।

प्रतिकृया दिनुहोस्